आगलागी पिडितलाई गाँउपालिकाको राहत

Aadil Times 1+ समाचार ( )
२६ पौष २०७९

धनपालथान गाँउपालिकाले सोहि पालिकाको वडा नं २ मा भएको आगलागी पिडितलाई राहत सामग्री वितरण गरेको छ ।

गाँउपालिकाको अध्यक्ष जिवच्छ गच्छदारको नेतृत्वमा पडितहरुलाई सामग्री वितरण गरेको गाँउपालिकाका विपद शाखा प्रमुख ज्ञानेन्द्र सिहंले बताए । 

मंगलबार साँझ गाँउपालिका अध्यक्ष जिवच्छ गच्छदार , उपाध्यक्ष नसिमा बानोले राहत सामग्री दिएका छन् ।  गाँउपालिकाले चामल ५० केजि , दाल ५ केजि , तेल , लुगाधुने साबुन , सर्फ , बेसार , नुन ,तरकारी दिएका थिए ।  धनपालथान गाउपालिका वडा न. २ को धरम्पुर टोलमा आगलागी भएको थियो । 

आगलागीबाट ३ जनाको ५ वटा घर र ३ वटा भान्सा कोठा जलेर नस्ट्क भएको हो । स्थानिय कैलाश मण्डलको २ घर १ भान्साकोठा , गणेश मण्डलको २ घर १ भान्सा कोठा र भजन लाल मण्डलको १ घर १ भाण्सा कोठा जलेर नस्ट भएको स्थानिय प्रशासनले जनाएको छ । आगलागी बाट २ बाख्रा र १ बाछो जलेको छ । 

उक्त घटना स्थलमा , राष्ट्रय अनुसन्धानका एस पी नागेन्द्र दाहाल , रेड क्रसका सभापति सुबोध कुमार सिहं  लगायतले समेत राहात सामाग्री दिएका थिए ।

प्रतिक्रिया