सिके राउत उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुँदै

Aadil Times 1+ समाचार ( )
१८ फाल्गुन २०७९

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आँफै सरकारमा सहभागी हुने तयारीमा छन् । राउत यसअघि पनि मन्त्री हुने चर्चा थियो । तर, उपप्रधानमन्त्री र भनेको मन्त्रालय नपाउने भएपनि उनी रोकिएका थिए ।

अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर फेरिएको राजनीतिक समिकरणमा राउत कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा मिसिएका छन् । राउतको दल पनि सरकारमै छ । तर, अब भने दुई मन्त्रालय पाउनेगरि जनमत सरकारमा सहभागी हुन लागेको हो ।

जनमत पार्टीका नेता तथा खानेपानीमन्त्री अब्दुल खानले आफ्नो पार्टीले अब हुने सरकार विस्तारमा आफ्नो दल दुई मन्त्रालय सहित सरकारमा सहभागी हुने जनाए । उनले पार्टी अध्यक्ष राउत नै उपप्रधानसहित सरकारमा सहभागी हुने खुलासा गरे ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने आठ दलका सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी संसद् भवन नयाँ बानेश्वर पुगेका खानेपानी मन्त्री खानले आफूहरुले उपप्रधानमसहित दुई मन्त्रालय पाउने दाबी गरे।

राउतले सुरुवातदेखि नै उद्योग र कृषि मन्त्रालयमा दाबी गर्दै आएका छन् । राउत आँफै सरकारमा सहभागी हुँदा उपप्रधान एवम् उद्योगमन्त्री बन्ने सम्भावना रहेको सो दलका नेता तथा कार्यकर्ताहरुको भनाई छ ।

प्रतिक्रिया