सुनको भाउ तोलाको १ लाख ५ हजार नाघ्यो

Aadil Times 1+ समाचार ( )
१ माघ २०७९

आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।

आईतबार सुनको भाउ तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा पुगेको छ।

प्रतिक्रिया