अध्यक्ष प्रचण्डले कर्णालीका तीन जिल्लामा सम्बोधन गर्ने

Aadil Times 1+ समाचार ( )
२१ कार्तिक २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले साबिक माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बोधन गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष प्रचण्डले एकै दिन तीन जिल्लामा गठबन्धनको चुनावी सभामा सम्बोधन गर्ने माओवादी पार्टीले जानकारी दिएको हो ।

अध्यक्ष प्रचण्ड जुम्ला, कालिकोट र हुम्लामा आएर चुनावी सभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

उहाँसँग गठबन्धनका अन्य नेताहरू पनि माथिल्लो कर्णालीमा पुग्नुहुनेछ । जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेश उम्मेदवार ललितजंग शाही र प्रदश (ख) मा नेकपा (एकीकृत समाजवादी)का पदम रोकाया उम्मेदवारको रूपमा हुनुहुन्छ ।

प्रतिक्रिया