दोलखाका १० केन्द्रमा मंसिर १५ गते पुनः मतदान

Aadil Times 1+ समाचार ( )
११ मंगशिर २०७९

दोलखामा विवादित भएका मतदान केन्द्रहरुमा आगामी मंसिर १५ गते पुनः मतदान हुने भएको छ। आज बिहान बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले निर्वाचनको नयाँ मिति तोकेको हो ।

निर्वाचन आयोगले मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । दोलखाका १० मतदान केन्द्रमा बुथ कब्जा गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया