धादिङमा दुई माइक्राे बस ठोक्किँदा २२ जना घाइते

Aadil Times 1+ समाचार ( )
१६ पौष २०७९

जिल्लाको थाक्रे गाउँपालिका २ हुलाकडाँडामा दुई वटा माइको बस ठोक्किँदा २२ जना घाइते भएका छन् ।

काठमाडौंबाट गोरखाका लागि छटेको बा३ख ६१६४ नम्बरको माइक्रो र काठमाडौं आउँदै गरेको बा४ख ११८७ नम्बरको माइक्रो ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालहरुमा उपचारपछि थाप उपचारका लागि काठमाडौं पठाइएको छ।

बा३ख ६१६४ नम्बरको माइक्रोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का चालक भने फरार रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दोलखा जिरीकी ३५ वर्षीया मञ्जुमायाँ कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा ७ जना, अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौमा ३ जना, ट्रमा सेन्टर काठमाण्डौमा ८ जना, मेडिसिटी अस्पतालमा २ जना, सुभेक्षा अस्पतालमा २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



प्रतिक्रिया