रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा साइकल वितरण

Aadil Times 1+ समाचार ( )
२२ वैशाख २०८०

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्रा र महिलाहरुलाई साइकल वितरण गरेको छ । क्लबले विराटनगरको खार्जी, बखरी, जहदा गाउँपालिकाको बुधनगर र सुनसरीको बर्जु गाउँपालिकाका छात्रा र महिलाहरुलाई एक/एक थान साइकल वितरण गरेको हो ।

खार्जी, बखरी, जहदा गाउँपालिकाको बुधनगर र सुनसरीको बर्जु गाउँपालिकाका ८/८ जना महिलाहरुलाई साइकल वितरण गरिएको हो ।

छात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि र महिलाहरुलाई रोजगारीका लागि जम्मा ३२ वटा साइकल वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् । उनले यस वर्ष मात्र जम्मा ५० वटा साइकल वितरण गरिसकिएको बताइन् ।

कार्यक्रमको संयोजक गिरिजा सारडा रहेकी थिइन् । कार्यक्रममा एसिस्टेन्ट गभर्नर कमल अग्रवाल, जोनल लिडर किरण कर्ण, रोटरीयन बेनिगोपाल मुण्दडा र रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया