प्रदेश १ मा अपेक्षा गरिएभन्दा कम मतदानः निर्वाचन आयोग

Aadil Times 1+ समाचार ( )
‘बढी मत खस्ने अपेक्षा गरिएको प्रदेश १ मा ...
४ मंगशिर २०७९

विराटनगर । निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षा गरिएभन्दा कम मत खसेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मधेस प्रदेशमा ६५ प्रतिशतकै हाराहारीमा मतदान भएको पाइएको बताए ।

अन्य प्रदेशमा भने १–२ प्रतिशत अझै बढ्नसक्ने अनुमान आयोगको रहेको बताए । उनले आइतबार पूर्ण रुपमा मतदान सकिएका स्थानमा तराईका र काठमाडौं लगायतका केही स्थानमा रातिबाटै मतगणना सुरु भएको बताए ।

उनले भने, ‘बढी मत खस्ने अपेक्षा गरिएको प्रदेश १ मा कम मत खसेको देखिन्छ, मधेस प्रदेशमा ६५ प्रतिशतकै हाराहारीमा मतदान भएको देखिन्छ । अन्यत्रको हकमा १–२ प्रतिशत अझै बढ्नसक्छ ।’

निर्वाचन बिथोल्ने कार्यमा संलग्न केही ठाउँमा केही व्यक्तिहरु पक्राउ परेको र पक्राउ पर्न नसकी भागेकाहरुलाई पनि पक्राउ गरी निर्वाचन कसुर तथा सुरक्षा ऐन अन्तर्गत कारबाही गर्न उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार