गठबन्धनले बहुमत ल्याएर सरकार बनाउछ:डा.प्रकाश शरण

Aadil Times 1+ समाचार ( )
२३ कार्तिक २०७९

नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले अहिलेको निर्वाचन प्रणालीका कारण कुनै एउटै दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण गठबन्धन भएको बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघ मोरङ शाखामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आसन्न निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउने दाबी समेत गर्नुभयो । महतले पाँच दलीय गठबन्धनले बहुमत ल्याएर निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बन्ने उहांको दाबी थियो । कुल १६५ सिट मध्ये काँग्रेसले ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको जानकारी दिनुहुँदै उहाँले अधिकतम ठाउँमा जित्ने उहाँले दाबी गर्नुभयो । गठबन्धनमा आबद्ध दलहरु एकअर्कालाई सघाउन र सहयोगर्न प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । 

प्रवक्ता महतले मुलुकको समग्र विकास गर्नसक्ने दलहरु मिलेर गठबन्धन बनेकाले सरकार बनेपछि विकाशले गतिलिने दाबी गर्नुभयो । उहाँले ओली सरकारको पालामा काम भन्दा कुरो मात्र बढी भएको आरोप लगाउनुभयो । काँग्रेसको सरकार भएको समयमा मुलुकमा धेरै कामहरु भएपनि आफुहरु प्रचारप्रसारगर्न नजानकाले दुख पाएको बताउनुहुँदै उहाँले आफुहरु काम मुखी र अरु सरकारहरु प्रचारमुखी भएको दाबी समेत गर्नुभयो । डाक्टर महतले किसानालाई आवश्यक समयमा मल उपलब्ध गराउन मुलुकमैं उद्योग स्थापना गर्ने पहल भईरहेको समेत बताउनुभयो ।

प्रतिक्रिया