बिद्यार्थी र अभिभावकहरु हेरिटेज स्कुल नै किन रुचाए ?

Aadil Times 1+ समाचार ( )
११ माघ २०७९

विराटनगर–४ वरगाछीस्थित सप्तकोशी मार्गमा रहेको यो हो हेरिटेज इन्टरनेशनलमा स्कुल ।

 यो बिद्यालयको खासियत नै यहा भर्ना भएका बिद्यार्थी हुन् । यहाँ पढ्न आएका बिद्यार्थीहरुमा ३ देखी ४ महिनामा आमुल परिवर्तन आएको छ । परिवर्तनमा आएको भन्ने समाचारले भन्दा पनि त्यहाँका अभिभावक बताउँछन् । 

यहाँ बिद्यार्थीहरुलाई शिक्षक र बिद्यालय व्यवस्थापनले पाठ्ण्क्रम अनुसार त पढाइ नै रहेका छन् तर फरक के छ भने , यहाँ प्रयोगात्मक तरिकाले पढाँउदै आएकाले बिद्यार्थीहरुमा शिक्षा प्रतिको आकर्षण बढेको देखिन्छ । 

स-साना बालबालिकाहरुलाई पढाँईमा कसरी केन्द्रित गरेर लिएर जाने नै यो बिद्यालयको पहिलो रोजाइ देखिएको छ । 

बिज्ञान प्रविधि सम्बन्धी गोष्ठि देखी , नृत्यका कक्षा , बिद्यार्थीहरुलाई बोटिङ गर्न सिकाउने देखी , सामाजिक कार्यमा सरिक हुन समेत यस हेरिटेज स्कुलले सिकाउदै आएको बताइरहेका छन् ।

 हेरिटेजले बिद्यालय संचालनमा ल्याए संगै , विद्यार्थीलाई पारिवारिक वातावरणमा प्रयोगात्मक र व्यवहारिक ज्ञान सहित अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उदघोष गरेका थिए । 

यस्तै अहिले स्कुलले सरस्वती पूजाको अवसर पारेर बालबालिकाहरुलाई अक्षारम्भसमेत गराउने भएको छ । सो स्कुलले सरस्वती पूजाको अवसर पारेर बालबालिकालाई निशुल्क भर्ना गरि अक्षारम्भ गराउने भएको हो ।

बालबालिकालाई सांस्कृतिक मान्यता, आध्यात्मिक, खेलकुद, चाडवाड, धर्म संस्कार, समाजिक कार्य, नैतिक शिक्षा लगायतलाई आत्मसात गर्दै पारिवारिक वातावरणमा पठन पाठन गराइने भएको छ ।

शान्त, रमणीय, वालमैत्री र मनोरन्जनात्मक विधिबाट बालबालिकालाई शिक्षा दिने सो स्कुलमा आफ्ना बालबालिकालाई यथासिघ्र निशुल्क भर्ना गरि सिट सुरक्षित गर्न आग्रह गरेको छ । सरस्वती पूजाका अवसरमा शिक्षारम्भ गराए माता सरस्वतीले ज्ञान र वुद्धि प्रदान गर्ने र अध्ययनमा सँधै अगाडी रहने धार्मीक मान्यता रहेको छ ।

बालबालिकालाई बालमैत्री वातावरणमा मनोरन्जनात्मक विधिबाट व्यहारिक र प्रयोगात्मक ज्ञान दिइने स्कुलका अध्यक्ष अरुण राठीको भनाई छ ।

प्रतिक्रिया