आज सार्वजनिक विदा

Aadil Times 1+ समाचार ( )
२९ माघ २०७९

सरकारले आज सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तत्कालिन माओवादीले २०५२ फागुन १ गतेदेखि राज्यविरुद्ध मुलुकमा सशस्त्र युद्धको शुरुवात गरेको थियो ।

त्यही दिनको स्मरणमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया