भोजपुरमा उम्मेदवारसहित एमालेको धन्यवाद तथा भेटघाट कार्यक्रम

Aadil Times 1+ समाचार ( )
३ पौष २०७९

नेकपा एमाले भोजपुरले पार्टी तथा उम्मेदवारलाई भोट हाल्ने मतदाता र कार्यकर्तामाझ धन्यवाद तथा भेटघाट कार्यक्रम सुरू गरेको छ । जिल्लाका ९ वटै पालिकामा पुस १० सम्मको कार्ययोजना बनाएर शनिबारदेखि कार्यक्रम थालिएको हो ।

उम्मेदवारलाई पनि साथै लिएर पार्टीलाई जिताउन अहोरात्र खटिने शुभेच्छुक, समर्थकमाझ वडातहसम्म पुग्ने र चुनावको समीक्षा गर्ने एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले बताए ।

चुनावी समीक्षा तथा भेटघाटमा उम्मेदवारहरू स्थायी कमिटी सदस्य एवं प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राई, प्रदेशसभातर्फका हरिबहादुर राई र खड्ग कार्की (प्रेम) पनि साथै छन् । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा यसपटक गठबन्धनसँग एमाले पराजित भएको छ ।

प्रतिक्रिया