विराटनगरमा फेरी फेला पर्यो ‘खतरा’ लेखिएको शंकास्पद वस्तु

Aadil Times 1+ समाचार ( )
नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज...
२ मंगशिर २०७९

विराटनगर महानगरपालिका ३ स्थित खारजीमा शंकास्पद वस्तु फेला परेको छ । 

आज बिहान मात्रै विराटनगर महानगरपालिकाको सोही वडाअन्तर्गत पुष्प मार्गमा पनि शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । 

अहिले यातायात कार्यालय अगाडि सडकको पूर्वपट्टि टिनको बट्टामा खतरा लेखिएको वस्तु फेला परेको मोरङ प्रहरीले बताएको छ । घटना स्थललाई सुरक्षित राखिएको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर सकिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार