विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ ।
>
महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो । महानगरको आर्थिक विकास महाशाखा अन्तर्गतको कृषि शाखाले आइतबार एक कार्यक्रमको आयोजना गरेर हाब्रिड मकैको बिऊ र जिङ्क वितरण गरेको छ । कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले कृषक समूहलाई बिऊ र जिङ्क वितरण गरेका थिए । >
कार्यक्रमलाई सम्बोधन गर्दैैै मेयर कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको बताए । उनले रासायनिक मलका कारण उत्पादत्वमा ह्रास आएको चर्चा गरे । उनले प्राङ्गारिक र जैविक मलको प्रयोग बढाएर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । “महानगरपालिकाभित्र जति जमिन छ त्यसमा उत्पादकत्व वृद्धि गर्नु आवश्यक छ,” उनले भने, “त्यसका लागि महानगरले कृषकलाई गर्ने सहयोग गर्छ ।”
>
वडा नम्बर १९ का वडाध्यक्षसमेत रहेका श्याम घिमिरेले जथाभावी रासायनिक मलको प्रयोगले उत्पादन घट्नुका साथै जमिनको उर्बरा शक्तिमा कमी आइरहेको बताए । महानगरले २६ वटा कृषक समूह र सहकारी कृषि फर्मका ३३९ घरधुरीलाई १ हजार १७६ मकैको बिउ, ८ हजार ३३३ केजी जिङ्क वितरण गर्नेछ । सो बिउबाट ५४ दशमलव ६२ हेक्टर र जिङ्कले ५२ दशमलव ३२ हेक्टर क्षेत्रफलमा खेती गर्न सकिने कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए ।
>
तेलहन बाली पकेट कार्यक्रमअन्तर्गत तोरी बालीका लागि विराटनगर–१९ मा साना किसान कृषि सहकारी संस्था र मकै पकेट कार्यक्रम विराटनगर–१८ मा समावेशी कृषक समूहमार्फत सञ्चालनमा रहेको छ ।
>>