राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको छ ।
>
लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नु भएको हो । नागरिकता विबादका कारण गत शुक्रबार सांसद र उपप्रधान एवं गृहमन्त्री पद गुमाउनु भएका लामिछानेले आईतबार फेरी नेपाली नागरिकता प्राप्त गर्नुभएको थियो ।
>
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि लामिछानेले प्रधानमन्त्री दाहाललाई मंगलबार बिहान भेट्नु भएको हो ।
>
सांसद नरहेपनि रविलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहाललाई सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले दवाब दिएको भन्ने समाचारहरु बाहिर आइरहेका बेला रबिले प्रधानमन्त्री दाहाललाई भेट्नु भएको हो ।
>
रबिको पार्टी रास्वपाले पनि गृहमन्त्रीमा पुनः दाबी गरेको छ । तर रबिको नागरिकता विबाद टुंगो लागेपनि अमेरिकी पासपोर्ट र नेपाली पासपोर्टबारे परेको उजुरीको छानबिन टुंगिएको छैन ।>
यस्तो अवस्थामा प्रधानमन्त्री दाहाल रबिलाई गृहमन्त्री बनाउने मनस्थितिमा नरहनु भएको प्रधानमन्त्री दाहाल निकट स्रोतको भनाई छ । दाहाल गृहमन्त्रालय आफैं राख्ने पक्षमा हुनुहुन्छ ।
>>