सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाको बैठक बस्दै

Aadil Times 1+ समाचार ( )
९ चैत्र २०७९

सरकारमा सहभागिताका बारेमा निर्णय र आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्रासको मत दिएको लोसपा सरकारमा भने जाने नजाने औपचारिक निर्णयमा पुगिसकेको छैन ।

आजको बैठकले बारा २ मा हुने उपनिर्वाचनको लागी उमेद्धारबारे छलफल हुने बताईएको छ ।

प्रतिक्रिया