सयौँ तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपसहित गिरोह पक्राउ परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५ जनालाई पक्राउ गरेको छ।
>
पक्राउ पर्नेमा झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङको सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँको तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरको गोदावरीका ३० वर्षीय विजय लामा रहेका छन्।
>
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीका अनुसार लेखापढीको काम गर्ने कटवालले हालसम्म ५ सयभन्दा बढीलाई त्यसरी नागरिकता दिलाएको बताएका छन्।
>
उनले न्युल्केस श्रेष्ठले मात्र बाबु बनेर कम्तीमा ५ जनालाई नागरिकता बनाइदिएको पाइएको छ। तीमध्ये ठिन्ले पनि एक हुन्।
>
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विगत ९ वर्षेदेखि क्यान्टिन चलाउँदै आएका लामाले सरकारी कार्यालयभित्रको जिम्मा लिएको प्रहरीको दाबी छ।
>
प्रहरीका अनुसार एउटा नक्कली नागरिकता बनाउन ५ लाख रुपैयाँसम्म लिने गरिएको र नक्कली बाबुलाई १० हजार रुपैयाँसम्म दिने गरेको पाइएको छ।
>
यस्तै नागरिकता जारी गर्ने कार्यालयमा मिलाएबापत लामाले एक लाख देखि एक लाख ५० हजार रुपैयाँसम्म लिने गरेको एसएसपी केसीले बताए।
>
प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयका पूर्व र बहालवाला कम्तीमा ४ जना कर्मचारीमाथि निगरानी राखेको छ।>
‘बरामद कागजातअनुसार विशेष गरी तिब्बतीयनहरुलाई उनीहरूले नागरिकता बनाइदिने गरेको पाइएको छ’, एसएसपी केसीले भने।
>
प्रहरीका अनुसार नक्कली बाबु बनेका न्युल्केसको नाममा मिङछुङ शेर्पा नामको नक्कली नागरिकता पनि रहेको छ। >
प्रहरीका अनुसार उक्त नागरिकताकै आधारमा नक्कली बाबु बनेर विभिन्न ५ जनालाई सक्कली नागरिकता जारी भएको छ।
>>