राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने के बाध्यता आइलाग्यो भनेर प्रश्न गरेका छन् ।>
संसदमा सांसदहरुसँग सवालजवाफको क्रममा केसीले प्रधानमन्त्रीलाई यस्तो प्रश्न गरेका हुन् । केसीको प्रश्नपछि प्रधानमन्त्री प्रचण्डले नेपालीहरुको पहिले भारत भ्रमण नै गर्नुपर्ने कुनै बाध्यता नभएको बताए । >
उनले भने, ‘नेपालको त्यस्तो कुनै बाध्यता छैन । त्यस्तो बाध्यता छैन भन्ने कुराको जवाफ मैले मेरो पहिलो प्रधानमन्त्रीको कार्यकालमै व्यवहारबाटै दिइसकेको छु । तर, भारतसँगको हाम्रो खुला सिमाना, आर्थिक, व्यापारिक विशिष्टताको कारण गर्ने गरिए पनि कुनै बाध्यता छैन । त्यो कुरा हामीले प्रमाणित पनि गरिसकेका छौं ।’>
>>