पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

Aadil Times 1+ समाचार ( )
२२ माघ २०७९

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ ।

७८ वर्षीय मुसर्रफ एमलोइडोसिस् रोगबाट पीडित थिए । केही दिनयता अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

पाकिस्तानका पूर्व सेनाप्रमुखसमेत रहेका मुसर्रफको निधनमा सेनाले पनि समवेदना दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।



प्रतिक्रिया

सम्बन्धित समाचार