आफु निर्दोष रहेको प्रहरीले झुठा मुद्दामा फसाएको पत्रकार लुकमान अन्सारीको भनाई

Aadil Times 1+ समाचार ( )
२९ आश्विन २०८०

सुनसरी । अभद्र मुद्दामा लागेर प्रहर िहिरासतमा रहेका पत्रकार लुकमान अन्सारीले आफुलाई प्रहरीले झुठा मुद्दामा फसाएको बताएका छन् ।
इटहरीका पत्रकार पि.वी. दियालीसँगको भेटमा पत्रकार अन्सारीले सो कुरा बताएको हो । पत्रकार दियाली सँगको कुराकानीमा पत्रकार अंसारीले बताएअनुसार तरहरा बजारमा दिलिप कार्कीनामको मानिसले दिलिप फार्मेसी खोलेर आफू डाक्टर नभए पनि डाक्टर हु भनी गैर कानुनी तरिकाले बिरामी चेक अप गर्ने र प्रेप्किप्सन लेख्ने गर्दा रहे छ्न।उक्त ठगी धन्दा चलाउने बिरुद्द न्युज रिपोर्टिङ गर्ने क्रममा स्थलगत रुपले जादा दिलिप कार्किले खाजा खुवाउदै नरम कुरा गरि भित्र भित्रै पुलिसलाई झुट्टो आरोप सहित फोन गरेर बोलाइ जबरजस्ती भ्यानमा हालेर थाना लगेको बताएका छन् । औषधी व्यवसाय कार्कीले आफुसँग ५ लाख रकम माँगेको भनेर झुठो खबर प्रहरीलाई दिएर आफुलाई पक्राउ गर्न लगाएको बताए । ५लाख रकम मागेको आरोप लगाएर पक्राउ गर्न लगाएका कार्कीले अभद्र मुद्दाको उजुरी हालेर मुद्दा चलाउनु सरासर गलत भएको पत्रकार दियाली बताउनु हुन्छ । एउटा खाले घटना देखाउने अर्को खाले मुद्दा लाउने दिलिपको पनि नियत र ब्यबसाय बारे छान्वीन होस।पुलिसले पनि घटना प्रकृति मुचुल्का छानवीन नगरी कसैले फोन गरेको भरमा बाटो बाटोमा गाडी लिएर पत्रकार पक्रनु र खास के होरु नबुझी अन्ठ सन्ठ मुद्दा चलाउनु हुदैनथ्यो पत्रकार दियालीको कथन छ । ,पुलिस प्रसासन,केही काङ्रेस पार्टिका म बिरुद्द्का नेताहरु पुर्बग्राही भएर हेप्न खोजेका हुनपत्रकार लुकमान अन्सारीको आरोप रहेका छन् । मुस्लिम पत्रकारहरु , प्रेस चौतारी लगायत अरु पेसागत सस्था र पत्रकार महासङले लुकमानको कुरो सुनोस भनि इटहरीका पत्रकार दियालीले सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार