रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिने तयारी गरेका छन्।
>
जिल्ला प्रशासन कार्यालयमा पुगेर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया सुरू गर्न लागेको बताइएको छ।
>
रविलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ।
>
सर्वोच्च अदालतले लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको थियो। उनले पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमाएका थिए।
>
अदालतको फैसलापछि लामिछानेले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। गत मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
>
>>