डा.कोइरालाले लिए पण्डितसँग हारको बदला

Aadil Times 1+ समाचार ( )
८ मंगशिर २०७९

मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका लालबाबु पण्डितभन्दा १२ हजार २८४ सय मत ल्याएर उनी विजयी बनेका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याएका छन् भन् निकटतम प्रतिस्पर्धी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनमा ६७५ मतले पराजित कोइरालाले यसपटक १२ हजार २८४ सयले पण्डितलाई पराजित गरेका छन् ।

पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

उनी २०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट कांग्रेसको भातृ संगठन नेविसंघको राजनीतिमा आबद्ध भएका थिए ।

२०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रीय राजनीतिमा पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य भए । १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि हाल संस्थापनइत्तर समूहको नेतत्व कोइरालाले गरिरहेका छन् ।

विराटनगर–७, निवासी कोइराला ७२ वर्षका छन् । उनी काँग्रेसमा स्थापित नेतृ नोना कोइरालाको छोरा हुन् । अल इण्डिया मेडिकल साइन्स इन्ष्टिच्युट (एमस), भारतबाट एमडी गरेका उनले २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरे पनि पार्टीको सक्रिय राजनीतिमा भने काँग्रेसको ११ औं अधिवेशनबाट भएका हुन् ।

उनी त्यसबेला केन्द्रीय सदस्यमा निर्वाचित भए भने १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य रहिरहे । केही महिना अगाडि सम्पन्न १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका उनी संस्थापन इत्तर समूहका नेता मानिन्छन् ।

बदला लिने दाउमा कोइराला, हार्दिनँ भन्छन् पण्डित I उनले २०६५ मा भएको संविधानसभाको उपनिर्वाचनमा मोरङ ६ बाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा मोरङ ६ बाट पुनः निर्वाचित भएका उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित बनेका थिए ।

कोइरालालाई १२ बुँदे विस्तृत शान्ति सम्झौताका सूत्रधार मानिन्छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सहयोगीको भूमिका निर्वाह गर्दै माओवादी अध्यक्ष प्रचण्डसँग वार्ता गरेका उनले अन्तरिम संविधान निर्माणमा रचनात्मक भूमिका निर्वाह गरेका थिए ।

संविधान निर्माणमा राज्यको हरेक निकायमा मधेसी, मुस्लिम, महिला, दलित र आदिवासी जनजातिको समावेशीताको व्यवस्था राख्न कांग्रेसको ह्विप नमानी संविधानसभामा संशोधन प्रस्ताव दर्ता गराएका उनले राज्यबाट ‘संविधानसभा सदस्य पदक’ प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार