युरोपेली संघले युक्रेनलाई ५० करोडको सैन्य सहयोग उपलब्ध गराउँदै

Aadil Times 1+ समाचार ( )
१० माघ २०७९

युरोपेली संघले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । संघमा आबद्ध देशका विदेशमन्त्रीको सोमबार भएको बैठकले उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।

युक्रेनी सेनाको तालिमका निम्ति चार करोड ५० ला युरो बराबरको सहायता प्रदान गर्न संघ सहमत भएको विदेश मामिला प्रमुख जोसेप बोरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बताए ।

सङ्घले युक्रेनलाई उपलब्ध गराउने यो सैन्य सहयोगको सातौं खेप हुनेछ । युक्रेनलाई सर्वाधिक सहायता प्रदान गर्ने युरोपेली संघ भएको छ । सङ्घको सहयोग ५० अर्ब युरोको हाराहारीमा पुगेको छ ।

पश्चिमा देशले युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व समाधान नहुने बरु त्यो अझ लम्बिने र त्यसले युक्रेनी जनताको दुःख बढाउने रुसले बताउँदै आएको छ ।

प्रतिक्रिया