प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

Aadil Times 1+ समाचार ( )
१६ वैशाख २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुग्नु भएको छ ।

आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो ।

उहाँबीच अहिले राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

वैशाख १० को उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित हुनुभए पछि लामिछाने पहिलोपटक प्रधानमन्त्रीलाई भेट्न जानु भएको हो ।

प्रतिक्रिया