बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर पुगेपछि स्थिती तनावग्रस्त

Aadil Times 1+ समाचार ( )
१२ मंगशिर २०७९

वैकल्पिक व्यवस्थाको तयारी नै नगरी थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर पुगेपछि स्थिती तनावग्रस्त बनेको छ ।

डोजरसहित सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गर्दै विरोधमा उत्रिएपछि यतिबेला सो क्षेत्र तनावग्रस्त बनेको हो ।

ढुंगामुढामा उत्रिएका स्थानीयले यतिबेला टायर बालेर नाराबाजि गरिरहेका छन् ।

गरिब मार्न पाइँदैन, बागमती सभ्यता होस गर, एडिबीको बजेट चाहिँदैन, डोजर चलाउन पाइँदैन भन्दै स्थानीयले नाराबाजि गरिरहेका छन् ।

विरोधमा उत्रिएका स्थानीयले डोजरमा तोडफोड समेत गरेका छन् । स्थितीलाई नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । सोही सूचना अनुसार आज डोजरसहितको टोली सुकुम्बासी बस्ती पुगेको थियो ।

प्रतिक्रिया