शिक्षादीप कलेजले ६५ लाख बराबरको छात्रवृद्धि प्रदान गरे

Aadil Times 1+ समाचार ( )
२३ मंगशिर २०७९

विराटनगर स्थीत शिक्षादीप कलेजले ६५ लाख बराबरको छात्रवृद्धि प्रदान गरेको छ ।

कलेजले आज कलेजका एक कार्यक्रमको आयोजना गरेर विज्ञान संकायका कक्षा ११ र कक्षा १२ मा उत्कृष्ट हुने ९९ सय जना विद्यार्थीलाई छात्रवृद्धि प्रदान गरेको हो ।

कलेजले पहिलो त्रैमासिक परिक्षामा ५० प्रतिसत भन्दा माथी ल्याउँने विद्यार्थीलाई १०–९५ हजार बराबरको छात्रवृद्धि दिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए ।

सधै उत्कृष्ट नतिजा निकाल्न सफल भएको  कलेजले हरेक वर्ष कलेजको आन्तरीक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगरसहित पुरस्कृत गर्ने गरेको कलेजले जनाएको छ । यसैविच कक्षा ११ र कक्षा १२ मा प्रथम, दोस्रो र तस्रो हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ ।

उनीहरुलाई कलेजका प्रिन्सिपल खडका, कलेजका निर्देशक रमेश मण्डल, ललितनारायण मण्डल, शुसिल भगत, नविन राँय र अनिकुमार दास र प्रोफेसर डा. आइयस झाले पुरस्कृत गरे ।

उपत्यकाभन्दा बाहिरबाट पहिलो नेपाल प्रथम भएका डेनिस गौतमको गरिमाको इतिहासलाई निरन्तर दिदै शिक्षादिप कलेज प्रदेश १ को उत्कृष्ट कलेज भएको प्रिन्सिपल खडकाले जानकारी दिए ।

प्रतिक्रिया