कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभा बाट तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।
>
दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने कार्यसूची छ। मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मत दिने तयारी छ ।
>
कूल ४० सदस्य प्रदेश सभामा सबै भन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना,नेकपा माओवादी केन्द्रका १३ जना र एकीकृत समाजवादीका १ जना गरी २८ जनाले विश्वासको मत दिनेछन् ।
>
जुम्लाबाट स्वतन्त्र निवाचित सांसद देवेन्द्रबहादुर शाहीले पनि प्रदेश सरकारलाई विश्ववासको मत दिने बुझिएको छ ।
>
माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्माले पुस २७ गते गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
>
त्यतिबेला शर्मा नेकपा एमाले,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।>
उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। तर राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले चैत्र १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए।
>
दोस्रो पटक विश्वासको मत लिँदा शर्मालाई राप्रपाबाहेक कांग्रेस,नेकपा एमालेलगायत दलको समर्थन थियो तर एमालेले समर्थन फिर्ता लिएपछि शर्माले फेरी विश्वासको मत लिन लागेका हुन् ।
>
>>