सन्दीपले विकेट लिए सँगै नेपाललाई चौथो सफलता

Aadil Times 1+ समाचार ( )
४ फाल्गुन २०७९

घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजमा स्कटल्यान्डको चौथो विकेट लिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

यो सँगै नेपाललाई चौथो सफलता मिलेको हो । सन्दीपले टोमस म्याकिनटोसलाई १९ रनमा एलबीडब्लु आउट गराए । यसअघि सन्दीपले माथेव क्रोसलाई दुई रनमा एलबीडब्लु आउट गराएका थिए । त्यस्तै, कुशल मल्लले पनि दुई विकेट लिएका छन् ।

कुशलले क्रिस्टोफर म्याकब्राइडलाई २२ र कप्तान रिचीई बेरिङटनलाई २२ रनमा आउट गराएका हुन् । १७ ओभरको समाप्तिमा स्कटल्यान्डले चार विकेटको क्षतिमा ६६ रन बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार