सुनचाँदीको मूल्य घट्यो

Aadil Times 1+ समाचार ( )
१२ मंगशिर २०७९

आज नेपाली बजारमा सुनको मूल्य प्रति तोला तीन सय रूपैयाँले घटेको छ । बिहीबारदेखि आइतबारसम्म स्थिर रहेको सुनको भाउ आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९७ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । आइतबार यो ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदी पनि सस्तिएको छ । आइतबारको तुलनामा चाँदी तोलामा १० रूपैयाँ सस्तो भएको हो । महासंघका अनुसार सोमबार चाँदी तोलामा एक हजार दुई सय ८५ रूपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य एक हजार दुई सय ९५ रूपैयाँ पुगेको थियो

प्रतिक्रिया