मन्त्रालयमा प्रदेश प्रमुख र मुख्य मन्त्रीको फोटो राख्नु संघीयता कार्यान्व्यनको महत्वपूर्ण उपलब्धी– जयराम यादव

Aadil Times 1+ समाचार ( )
२२ पौष २०७९

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा १ नं. प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले मन्त्रालयमा प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्य मन्त्री राजेन्द्र कुमार राईको फोटो राख्नु संघियता कार्यान्व्यनको महत्वपूर्ण उपलब्धी रहेको बताएका छन् ।

१ नं. प्रदेश सरकारको सबै मन्त्रालय र मन्त्रालय मातहतको सरकारी कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारी र मुख्य मन्त्री राजेन्द्रकुमार राईको फोटो राख्ने अनिवार्य व्यवस्था गरेको छ । तर १ नं. प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा राखिएको राष्ट्रपति भण्डारीको फोटो हटाएर मन्त्रालय र मन्त्रालय मातहतको सम्पूर्ण कार्यालयमा प्रदेश प्रमुख खापुङ र मुख्य मन्त्री राईको फोटो राख्ने मन्त्री यादवले अनिवार्य व्यवस्था गरेको थियो । जसले राष्ट्रिय राजनितिमा तरङ्ग नै ल्याएको थियो ।

देशको ७ वटै प्रदेश सरकारले गर्न नसकेको काम संघियता कार्यान्व्यनको नाममा जसपा नेपालका केन्द्रिय सदस्य तथा १ नं. प्रदेश सरकारका स्वास्थ्य मन्त्री यादवले गरेपछि त्यसको पक्ष र विपक्षमा बहस नै चलेको थियो । तर पनि मन्त्री यादव आफ्नो अडानमा अडिक रहेपछि संघिय सरकारको व्यापक दबावका बावजुद प्रदेश सरकारले यादव नेतृत्वको स्वास्थ्य मन्त्रालय र मन्त्रालय मातहतको सम्पूर्ण कार्यालयबाट प्रदेश प्रमुख खापुङ र मुख्य मन्त्री राईको फोटो हटाउन सकेन ।

मन्त्रालयका स्वास्थ्य सचिव डा.अनुज भट्टचनलाई साक्षी राखेर शुक्रबार मन्त्री यादवले पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्रीको रुपमा १ बर्षको अवधिमा गरेको कामको विवरण सार्वजनिक गरे । प्रदेशको पहिलो मुख्य मन्त्री शेरधन राईले आफ्नो कार्यकालमा मन्त्री र मन्त्रालयको संख्या ७ मा सिमित राखेका थिए ।

दोस्रो मुख्यमन्त्री भीम आर्चायले प्रदेश सभाबाट विश्वासको मत हासिल गर्न नसकेपछि मुख्य मन्त्रीको पदबाट राजिनामा दिएका थिए । तेस्रो मुख्य मन्त्री राजेन्द्रकुमार राईले ५ दलिय गठबन्धन सरकारमा सहभागी सबै राजनैतिक दललाई भागबन्डा पुर्‍याउन ७ वटा मन्त्रालयलाई टुक्राएर मन्त्रालयको संख्या १३ र मन्त्रीको संख्या १४ पुर्‍याएका थिए ।

सामाजिक विकास मन्त्रालयबाट टुक्राएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मन्त्री यादवले सम्हालेका थिए । यादवले १ बर्षको अवधिमा गरेको कामको महत्वपूर्ण विवरण सार्वजनिक गरे । मन्त्रालयले निती तथा कानून निर्माण तर्फ स्वास्थ्य कर्मी करार सेवा सम्बन्धी कार्यविधि २०७९ स्विकृत गरेको थियो । विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९ लाई स्वीकृतिगरेर लागु गरेको थियो ।

स्वास्थ्य निती तर्जुमाका लागि अवधारण पत्र सार्वजनिक गरी पक्रियाको लागि अगाडी बढेको छ । आर्थिक बर्ष २०७९/०८० मा मन्त्रालय र मन्त्रालयको निकायबाट संचालन हुनेगरी स्वीकृतिभएका कार्यक्रम कार्यान्व्यन तर्फ अगाडी बढाइएको छ । दरबन्दी स्वीकृति तथा जनशक्ति व्यवस्थापन तर्फ कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको नाम परिवर्तन गरी संक्रमक रोग तथा सधन उपचार केन्द्र नामाकरण गरेर ६१ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृति गरेको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा बनेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नव निर्मित भवन हस्तान्त्रण तथा उद्घाटन पछि संचालनमा आएको छ ।

प्रतिक्रिया