फागुन ११ बाट मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

Aadil Times 1+ समाचार ( )
२ फाल्गुन २०७९

मोरङमा १२ औं चरणको हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी गरिएको छ । फागुन को ११ गतेबाट मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने जनवास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । ‘मोरङमा सुरु हुन लागेको हात्तीपाइलेविरुद्धको अभियान १२ औं चरणको हो,’ उनले भने, ‘यो अभियानलाई प्रभावकारी बनाएर ८० प्रतिशतलाई औषधि खुवाउने लक्ष्य रहेको छ ।’

औषधि सेवन प्रभावकारी नभएकै कारण १२ औं पटक अभियान सञ्चालन हुन लागेको उनले बताए । मोरङमा ११ लाख २८ हजार ९ सय ५७ जना हात्तीपाइलेविरुद्धको औषधी खुवाउने उमेर समूहका व्यक्तिहरु रहेको डा. मेहताले जानकारी दिए । जसमध्ये ८० प्रतिशत अर्थात् ८ लाखलाई खुवाउने तयारी गरिएको उनले बताए । ‘यो पटक प्रभावकारी रुपमा अभियान संचालन गरेर अर्को वर्षदेखि हात्तीपाइलेविरुद्धको औषधि नखुवाउने लक्ष्य लिएका छौं,’ डा. मेतहताले भने, ‘यद्यपी यो अभियानमा सबैले औषधि सेवन गरिनुपर्दछ ।’ हात्तीपाइले रोग निर्मूल पारेर अगाडि बढ्न सबैको साथ सहयोगको खाँचो रहेको उनले बताए ।

मोरङमा नियमित पाँच वर्षसम्म हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्ने १६.७८ प्रतिशत मात्र रहेको जनस्वास्थ्य कार्यालयको अभिलेखमा देखिन्छ । ‘सहरी क्षेत्रमा बसोवास गर्ने शिक्षित मानिसहरुपनि पनि हात्तीपाइलेविरुद्धको औषधि सेवन नगर्ने प्रवृत्ति रहेको छ,’ उनले भने, ‘त्यसैले पनि हामीले लक्ष्य हासिल गर्न कठिन भएको छ ।

प्रतिक्रिया