टाउको र घाँटी काटिएको अवस्थामा भेटिएका पुरुषको मृत्यु

Aadil Times 1+ समाचार ( )
११ मंगशिर २०७९

 धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा भेटिएका मोरङको जहदा गाउँपालिका–१ भुटाहाका एक पुरुषको मृत्यु भएको छ ।


जहदा–१ का ४२ वर्षीय सन्तोष सरबरिया शनिबार राति ११ः२० बजेतिर घाइते अवस्थामा फेला परेका थिए । घाँटी र टाउको काटिएको अवस्थामा आफ्नै घरमा भेटिएका उनलाई उद्धार गरेर उपचारका लागि प्रहरीले विराटनगरको कोसी अस्पताल ल्याएको थियो ।


उपचारकै क्रममा राति १२ः२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया