महोत्तरीबाट नेहा चौधरीका श्रीमान् पक्राउ

Aadil Times 1+ समाचार ( )
२८ मंगशिर २०७९

श्रीमतीमाथी घरेलु हिंसाको आरोप लागेका महोत्तरी रामगोपालपुर–५ का डा. पंकज चौधरी पक्राउ परेका छन् ।

दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । हिंस्रक श्रीमान् पंकज चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् ।

महोत्तरीको औरही १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर ५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाले दिएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार