जनप्रतिनिधि छान्न मतदातालाई पर्शुरामको आग्रह

Aadil Times 1+ समाचार ( )
२८ कार्तिक २०७९

विराटनगर । मोरङ क्षेत्र नं ६ ‘ख’ का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले जनतासँगै रहेर र जनताका बीचमा बसेर काम गर्ने जनप्रतिनिधि छान्न मतदातालाई आग्रह गरेका छन् ।

समाचकेवा उत्सवका अवसरमा अप्पन विराटगढ समाजले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले आउँदो आमनिर्वाचनमा आफ्नो गाउँ ठाउँमा बसेर सुख दुःखमा साथ दिने जनप्रतिनिधि छान्न आग्रह गरेका हुन् । उनले नेकपा (एमाले)ले देशको विकासको स्पष्ट खाका कोरेको भन्दै एमालेको नीति तथा नेतृत्वमा सरकार बनाउन सहयोग गर्न अपिल गरे ।

उनले देशमा अधिकारका लागि सबैभन्दा बढी संघर्ष गरेको पार्टी एमाले भएको बताउँदै उनले महिलाको हक अधिकार एमालेले मात्र स्थापित गराउने बताए । उनले भने ‘अहिलेसम्म अमेरिकाले त महिला राष्ट्रपति बनाउन सकेको छैन्, नेपालमा एमालेले महिलालाई राष्ट्रपति बनायो । यसबाट एमाले समानता र अधिकारका लागि कति प्रतिबद्ध छ भन्ने स्पष्ट हुन्छ ।’

समृद्धि, पारदर्शिता, राजनीतिक स्थायित्वको पक्षमा रहेको एमालेमा अहिले जनलहर बढको बताउँदै बस्नेतले आगामी निर्वाचनमा ढुक्क भएर एमालेलाई मतदान गर्न बस्नेतले अनुरोध गरे । उनले नेपालमा सबैभन्दा उत्तम पार्टी एमाले भएकाले एमालेको सरकार बन्यो भने अधुरा कामहरु पूरा गर्ने र नयाँ परियोजनाहरु कार्यान्वयन गर्न सजिलो हुने धारणा राखे ।


प्रतिक्रिया

सम्बन्धित समाचार