रास्वपाले बोलायो संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक

Aadil Times 1+ समाचार ( )
१९ माघ २०७९

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।

अपरान्ह साढे ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि उत्पन्न विवादका बीच बैठक बस्न लागेको हो ।

आजै पार्टी सभापति रवि लामिछानेले फेसबुकमा स्टाटस लेख्दै आज आफ्नो मौनताको अन्तिम दिन भएको बताएका छन् ।

प्रतिक्रिया