अदालतको फैसलाले टुकुचा खोला नै हो भन्ने पुनः प्रमाणित गरेको छ : मेयर शाह

Aadil Times 1+ समाचार ( )
२४ वैशाख २०८०

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले उच्च अदालत पाटनको फैसलाले टुकुचा खोला नै हो भन्ने पुनः प्रमाणित भएको बताएका छन् ।

फैसलाले खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको पनि उनले बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको घोषणा गरेको छ ।

सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदीको प्राकृतिक अधिकार पुनः स्थापन तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ ।’

कुनै पनि नदी, खोलाको बहाव क्षेत्रमाथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड रहेकाले त्यस्तो जग्गा सार्वजनिक प्रयोजनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने पनि उनले बताएका छन् ।

प्रतिक्रिया