काठमाडौँ। मैदानमा गम्भीर घाइते भई उपचाररत नेपाली युवा फुटबलर आशिष राईको सहयोगार्थ वैदेशिक भूमिमा सक्रिय नेपाली फुटबल क्लबहरूले उदाहरणीय अग्रसरता देखाएका छन् । >
मलेसियास्थित ‘एन पेनाङ एफसी’को विशेष पहलमा सञ्चालित परोपकारी अभियानमार्फत कुल ११ लाख ८४ हजार १६१ रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ ।>
आशिषको उपचार खर्च जुटाउने मुख्य उद्देश्यका साथ मलेसियामा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजबाट २१,१४४ मलेसियन रिङ्गिट (करिब ७ लाख ८४ हजार १६१ रुपैयाँ) संकलन भएको थियो। >
उक्त अभियानलाई ऐक्यबद्धता जनाउँदै अष्ट्रेलियास्थित ‘नेपबोर्न एफसी’ले थप ४ लाख रुपैयाँ हस्तान्तरण गरेपछि कुल रकम करिब १२ लाख रुपैयाँ पुगेको हो ।>
मैत्रीपूर्ण सिरिज र भेटेरान्स म्याचमार्फत सहयोग संकलन>
मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन भएका थिए।>
यसैगरी, खेल भावना र सहयोगको सन्देश फैलाउन भेटेरान्सतर्फ समेत विशेष खेल समेत आयोजना गरिएका थिए। एन पेनाङ एफसी भेटेरान्स र झापा भेटेरान्स बीच खेलिएको मैत्रीपूर्ण खेलहरूबाट संकलित सम्पूर्ण रकम आशिष राईको उपचार कोषमा जम्मा गरिएको छ।>>>