मुख्य समाचार
Prime Minister Balen Shah Highlights Recovery of Sick State Enterprises Driven by Honest Governance and Teamwork | फिफा निलम्बनको दोहोरो मारः एएफसी यु–२० छनोटबाट बाहिरियो नेपाल, अर्को संस्करण पनि डेभलपमेन्ट फेजमै | फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन | Saudi Arabia, Türkiye and Pakistan Sign Trilateral Defence Pact in Mecca as Hormuz Deal Looms | यी स्थानमा आज भारी वर्षाको सम्भावना | आगोले खरानी बनाएको आस्था : तोडफोडपछि चौहर्वा जामे मस्जिदमा जलेका कुरानका पाना | कप्तानगञ्जमा तनावको मार : मुस्लिम टोलमा खाद्यान्न संकट, मदरसाका बालबालिका भोकै बस्नुपर्ने अवस्था | Dr. Kadir Alam Appointed Chairman of Nepal Pharmacy Council | एलपीजी ग्यासको गुनासो तत्काल समाधान गर्न निगमको क्विक रेस्पोन्स टिम सञ्चालनमा | सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग |

मनोरञ्जन खेलकुद २३ श्रावण २०८३, शनिबार

फिफा निलम्बनको दोहोरो मारः एएफसी यु–२० छनोटबाट बाहिरियो नेपाल, अर्को संस्करण पनि डेभलपमेन्ट फेजमै

Aadil Times
फिफा निलम्बनको दोहोरो मारः एएफसी यु–२० छनोटबाट बाहिरियो नेपाल, अर्को संस्करण पनि डेभलपमेन्ट फेजमै

काठमाडौं । फिफा निलम्बनका कारण नेपालले यही अगस्ट अन्तिम सातादेखि सुरु हुने एएफसी यु–२० एसियन कप छनोट टियर २ अर्थात् ‘डेभलेपमेन्ट फेज’मा प्रतिस्पर्धा गर्न नपाउने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)को नयाँ अपडेट अनुसार नेपालसँगै टियर १ बाट फिलिपिन्सको नाम हटाइएको छ ।

फिलिपिन्सको हकमा ‘आसियान हुन्डाई कप’सँगको व्यस्त तालिका र तयारीका लागि पर्याप्त समय नभएका कारण टोलीले आफ्नो नाम फिर्ता लिएको हो । 

नेपालको हकमा फुटबलको प्रशासनिक संकट गहिरिँदै जाँदा यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय सहभागितामा परेको हो । एएफसीले गत जुन २७ मा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै यु–२० छनोटमा सहभागिता जनाउने हो भने अगस्ट १ भित्र फिफा निलम्बन फुकुवा हुनुपर्ने चेतावनी दिएको थियो । तर, यसो नहुँदा नेपाली युवा टोलीले अन्तर्राष्ट्रिय एक्सपोजर गुमाउनुपरेको हो ।

फाइल तस्विरः सेप्टेम्बर २०२४ मा सम्पन्न ‘एएफसी यु–२० क्वालिफायर २०२५’ मा चाइनिज ताइपेइविरुद्ध नेपाली सेन्टरब्याक अश्विन घोरासैनी ।

फिफा निलम्बनकै कारण तीन साताअघि मात्र नेपाल एएफसी यु–१७ महिला एसियन कप छनोट प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसको दुई साताअघि एएफसी महिला च्याम्पियन्स लिग २०२६/२७ बाट नेपालको प्रतिनिधि क्लब एपिएफ एफसीको नाम हटाइएको थियो ।

घरेलु महिला लिग स्थगित भएकाले नेपालले प्रतिनिधि क्लब नै पठाउन नसकेको अनुमानबीच एन्फाले साबिक विजेता एपिएफलाई प्रतिनिधिका रुपमा मनोयन गरी दर्ता गराएको जनाउँदै निलम्बनकै कारण प्रतियोगितबाट बाहिरिनुपरेको दाबी गरेको थियो ।

महिला यु-१७ छनोटमा नेपालको सहभागिता सुनिश्चित गर्न १३ जुलाईको डेडलाइन तोकिएको थियो ।

अर्को संस्करण पनि फाइनल प्रतियोगिता खेल्न नपाउने

छनोट प्रतियोगिताबाट नाम हटेसँगै नेपाल अन्तर्राष्ट्रिय एक्सपोजरबाट बञ्चित हुने मात्र होइन, टोलीले अर्को संस्करणको फाइनल प्रतियोगितामा समेत सहभागिता जनाउन पाउने छैन । किन ?

यसपाली एएफसी यु–२० एसियन कपका पछिल्ला तीन संस्करणमा गरेको प्रदर्शनका आधारमा शीर्ष ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।

सिंगल राउन्ड रोविन प्रतिस्पर्धापछि शीर्ष दुई टोलीले चीनको टिकट काट्ने प्रावधान छ । त्यस्तै पुछारको टोली ‘डेभलेपमेन्ट’ फेजमा घटुवा हुनेछन् । यो भनेको अर्को सिजन फाइनल प्रतियोगिता खेल्न नपाउनु हो । अर्को संस्करण पनि चीनले नै आयोजना गर्ने तय भइसकेको छ ।

नेपालसहित दक्षिण एसियाका माल्दिभ्स, श्रीलंका र भुटानगरि कूल १२ टोली डेभलेपमेन्ट फेजमा छन् । यी १२ टोलीलाई तीन समूहमा विभाजन गरिएो छ । समूहका शीर्ष दुई टोली अर्को संस्करणका लागि ‘क्वालिफिकेसन फेज’मा जानेछन् ।

क्वालिफिकेसन फेजमा बढुवा हुनु भनेको अर्को संस्करणमा छनोट हुन आफ्नो दाबेदारी दिन पाउनु हो । अहिले भने यी १२ टोलीले एसियन कप खेल्न पाउने छैनन् ।

नेपालको समूहमा मंगोलिया, ग्वाम र नर्दन मारियाना आइल्यान्ड थिए । फिफा निलम्नबका कारण नेपालले मंगोलियामा हुने खेलहरु गुमाउनेछ । यसको मतलब छनोट प्रतियोगिताको अर्को संस्करण पनि नेपाल डेभलपमेन्ट फेजमै रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार