सुनको भाउ २०० सय रुपैयाँले वृद्धि

Aadil Times 37+ समाचार ( )
२० आश्विन २०८०

नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो ।

महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीमा ५ रुपैयाँले वृद्धि भएर १३ सय ८० रुपैयाँमा कारोबार भइहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया