मोरङ २(२) बाट प्रदेशसभामा एमालेका लिलाबल्लभ अधिकारी निर्वाचित

Aadil Times 1+ समाचार ( )
११ मंगशिर २०७९

मोरङ क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभमा सदस्यमा नेकपा (एमाले) का लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विनोद कार्कीलाई पराजित गरे । अधिकारी र कार्कीको मतान्तर २ हजार ८ सय छ । 

अधिकारीले १७ हजार ७ सय ५२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्धी नेपाली कांग्रेसका कार्कीले १४ हजार ९ सय ५२ मत ल्याएको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले हाम्रो विराटनगरलाई जानकारी दिए । 

उनका अनुसार सो क्षेत्रमा ६३ हजार ६ सय ७१ मतदाता रहेकोमा ४० हजार २ सय १३ मत खसेको थियो । जस मध्ये ३८ हजार ५ सय २८ मत सदर भएको छ भने १ हजार ६ सय ८५ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । 

निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्बजनिक गर्दै अधिकारी निर्वाचित भएको औपचारिक घोषणा गरेको हो ।

प्रतिक्रिया