प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै भारतीय राजदूत नवीन श्रीवास्त दिल्लीतर्फ उडे

Aadil Times 1+ समाचार ( )
११ पौष २०७९

नेपालमा कम्युनिस्टहरूको गठबन्धन सरकार बनेपछि काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तव दिल्लीतर्फ लागेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री नियुक्ति भए लगत्तै आइतबारै राजदूत दिल्ली गएका हुन् ।

प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिइसकेका छन् । श्रीवास्तवको दिल्ली फर्किने कार्यक्रम भने नेपालको विकसित राजनीतिक घटनाक्रम भन्दा पहिले नै तय भइसकेको छ । यद्यपि उनले प्रचण्डको शपथग्रहण छल्न र पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न दिल्ली गएको चर्चा पनि छ ।

यसअघि सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए लगत्तै शपथग्रहण छलेर तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्रा पनि दिल्ली गएका थिए ।

प्रतिक्रिया