गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसको काँधमा : शेखर कोइराला

Aadil Times 1+ समाचार ( )
७ चैत्र २०७९

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताएका छन् ।

मंगलबार काठमाडौं आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस अब केही दिनभित्र सरकारमा जाने भएकाले कुनै किसिमको कमीकमजोरी गर्न नहुने बताएका हुन् ।

अहिलेका परिस्थितिलाई कांग्रेसले गम्भीर रूपमा नियालेको बताउँदै कोइरालाले १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको बताए ।

उनले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा पनि कांग्रेसको रहेको बताए । कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा कांग्रेस नचुकेको बताए ।


प्रतिक्रिया