कांग्रेस नेता एनपी साउदले आज परराष्ट्रमन्त्रीको सपथ लिने

Aadil Times 1+ समाचार ( )
३ वैशाख २०८०

नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

उनले आज ३ बजे शपथ लिने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।


प्रतिक्रिया