अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री रेखा शर्मा

Aadil Times 1+ समाचार ( )
१६ वैशाख २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारे। 

यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै हातहातमा पुस्तक पुगेको उल्लेख गर्दै यो एतिहासिक काम भएको बताए।

विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यस पटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उनको भनाइ थियो।

फरक प्रसङ्गमा मन्त्री शर्माले दाङमा विमानस्थलका नाममा राजनीति नगर्न आग्रह गरे। “यसो गर्दा विमानस्थल विस्तारमा असर गर्छ”, उनले भने, “पहिलो प्राथमिकता भनेको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई नै प्रभावकारी बनाउने हो।

त्यहाँ प्राविधिक समस्या भए मात्र दाङको जुनसुकै ठाउँमा भए पनि प्रभावकारी विमानस्थल हुनुपर्छ।”

प्रतिक्रिया