डा. अफाकको एनएमसि नम्बर नै छैन् : नेपाल मेडिककल काउन्सिल

Aadil Times 1+ समाचार ( )
५ फाल्गुन २०७९

कुनै पनि चिकित्सकले एन एम सि नम्बर दर्ता नलिइकन काम गर्न नपाउने नेपाल मेडिकल काउनसिलले बताएको छ । नेपालमा चिकित्सकहरुले चिकित्सा क्षेत्रमा काम गर्न अनिवार्य एन एम सि नम्बर लिनुपर्ने हुन्छ । भारतिय वा विदेशी नागरिकको हकमा भने स्वास्थ्य मन्त्रालयबाट काम गर्ने अनुमति , गृह मन्त्रालयबाट चालचलनको अनुमति र श्रम मन्त्रालयबाट श्रम स्वीकृती समेत लिनु पर्ने हुन्छ । तर डा. अफाक हाल सम्म यी पक्रिया समेत नपुर्याएको देखिएको छ । डा. अफाक बारे छानविन हुने र दोषि पाइए कानुनु कार्वाही समेत हुने काउनिसलका प्रवक्ता समेत रहेका डा. कृष्ण अधिकारीले बताए । 


अस्पतालका संचालक : रेशमी कोइराला

कानुनी रुपमा हेरिटेज अस्पतालका संचालक स्त्री रोग विशेषज्ञ डा। रेशमी कोइराला हुन् । तर उच्च श्रोतले दिएको जानकारी अनुसार अस्पतालमा ३ जना चिकित्सकको लगानी छ जस मध्ये डाक्टर अफाक पनि एक हुन् । डा। रेशमी विराटनगरको , श्री हस्पिटल , न्यूरो हस्पिटल , लगायतको बिभिन्न हस्पिटलमा कार्य गरेका डाक्टर हुन् । हेरिटेज अस्पताल संचालनको अनुमति विराटनगर महानगरपालिकाले दिएको छ । 

डाक्टर रेशमीले भाद्र २३ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको कम्पनी रजिष्ट्रारको कार्यलयबाट हेरिटेज हस्पिटल नामक प्राइभेट लिमिटेड कम्पनीमा कम्पनी ऐन २०६३ को दफा ५ को उप दफा ९१० बमोजिम अनुमति पाएको कम्पनी रजिष्ट्रारको कार्यलयले जनाएको छ ।    


प्रतिक्रिया