नेपाल एसबीआई बैंकले ३ प्रतिशत बोनस सेयर दिने

Aadil Times 1+ समाचार ( )
१३ मंगशिर २०७९

नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १०।५३ प्रतिशतले लाभांश घोषणा गरेको हो ।

यसमध्ये कम्पनीले ३ प्रतिशत बोनस सेयरका रूपमा लगानीकर्तालाई वितरण गर्ने छ । यस्तै, ७।५३ प्रतिशत नगद लाभांश( करसहित) वितरण गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि वितरण हुने छ ।

बैंकले गत आर्थिक वर्ष आफ्ना लगानीकर्तालाई ३।५० प्रतिशत बोनस सेयर र १।८१ प्रतिशत नगद लाभांश  (कर प्रयोजनका लागि) दिएको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश बढेको छ ।

प्रतिक्रिया