रास्वपाले सातै प्रदेशमा प्रदेश समिति बनायो

Aadil Times 1+ समाचार ( )
१६ फाल्गुन २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकिएको छ ।

प्रदेश १ को सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछाने चयन भएका छन् ।

यसैगरी, गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई चयन गरिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया