आइसिसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनीले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ ।
>
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालको उत्कृष्ट बलिङसामू पिएनजी टिक्न सकेन ।
>
पिएनजीले ९५ रन बनाउँदा आफ्ना सबै विकेट गुमायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । यस्तै कुशल मल्ल र ललित राजबंशीले २–२ विकेट लिँदा सोमपाल कामीले १ विकेट हात पारे ।>>